मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘वसुन्धराश्री तथा मानश्री पुरस्कार’ दिने निर्णय

काठमाडौं : विस २०७६ सालको वसुन्धराश्री तथा मानश्री पुरस्कार मह जोडीका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई दिने निर्णय भएको छ । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानको बैठकले महजोडीलाई सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार जनही ५० हजार रुपैयाँसमेत नगद दिइने घोषणा समेत गरेको छ ।

नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान बनाएका कलाकार तथा हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ । विशेष बैंठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत प्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार श्रेष्ठलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार ०९:३९