काठमाडौ ५ मा ईश्वर पोखरेललाई हराउँदै कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौँ: काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनु भएको छ । पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्नु भएको हो ।

अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाउनु भएको छ भने एमालेका पोखरेलले १० हजार १७२ मत पाउनु भएको छ ।


प्रकाशित | ६ मंसिर २०७९, मंगलवार २१:५१