उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

उदयपुर । उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनु भएको छ । यो क्षेत्रमा एमालेका रायमाझीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजीत गर्नु भएको हो ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाउनु भएको उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ्ल्याउनु भयो ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो हुनुभयो ।


प्रकाशित | ६ मंसिर २०७९, मंगलवार २०:२१