करेन्ट लागेर बालकको ज्यान गयो

पाँचथर: करेन्ट लागेर एक बालकको ज्यान गएको छ । फिदिम नगरपालिका–६ मगरगाउँका लालबहादुर सारुका ११ वर्षीय छोरा सनम सारु मगरको करेन्ट लागेर ज्यान गएको हो । मगरको बुधबार साँझ बिजुलीको खम्बामा चढ्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १७:०७