१९ स्थानमा दशगजा गोलमाल

इलाम : भारतीय सीमासँग जोडिएको दशगजा वर्षौंदेखि दुवैतर्फबाट अतिक्रमित छ । भारतीय पक्षले दशगजामा सरकारी भवन बनाएर सुरक्षाकर्मीसमेत रोखेको छ । नेपालीले पनि निजी घर र अन्य संरचना बनाएका छन् ।

इलामसँग जोडिएको भारतीय सीमा सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटर छ । यो दुरीमा दुवै तर्फबाट १९ स्थानमा दशगजा मिचेर संरचना बनाइएको छ । एकले अर्को देशको भूमि अतिक्रमण नगरे पनि दशगजामा चाहिँ बेला बेला समस्इा दोहोरनिे गरेको सुरक्षा निकायले जनाएको छ ।

पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्टका अनुसार सीमामा कहिले सामान्य र कहिले जटिल समस्या देखिनुको कारण दशगजा अतिक्रमण नै हो । जिल्लाको सन्दकपुर, कालपोखरी, मेघमा, गैरीवास, तुम्लिङ, मानेभञ्जाङ, चित्रेगुम्बा, हिले, छब्बिसे, फाटक, पुलखोला, सीमाना र गुफापातालमा दशगजा मिचेर धेरै स्थानमा पक्की सडक नै बनाइएको छ ।

हिले, छब्बिसे, गैरीवास र सन्दकपुर क्षेत्रको दशगजामा भारतीय सुरक्षा बल (एसएसबी)को क्याम्प नै छ । विभिन्न स्थानको दशगजा क्षेत्रमा नेपाल–भारत दुवै पक्षका ३२ वटा घर बनेका छन् । मानेभञ्जाङमा नेपालतर्फबाट १२ र भारतीय तर्फबाट १० घर बनेका छन् ।

बिओपीका सशस्त्र प्रहर निरीक्षक पवन खड्काले सशस्त्र प्रहरीले पूर्वी सीमाक्षेत्र बेला–बेला अवलोकन गर्ने गरेकोब ताए । दशगजा मिचिनु र सीमाकै कारण बेला–बेलामा तनाव सिर्जना हुनुको कारण सीमा स्तम्भ नहुनु भएको उनको भनाइ छ । आजको नागरिक दैनिकबाट


प्रकाशित | १७ मंसिर २०७६, मंगलवार ०८:३१