नेपालीसहित २३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

काठमाडौँ: कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर जहाज सिओल उडेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ । उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन् ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार १४:४७