दोलखाबासी एमाले उम्मेदवारलाई जिताउन आत्तुर हुनुहुन्छ : श्याम बस्नेत

श्याम बस्नेत, संयोजक, केन्द्रीय सम्पर्क समन्वय कमिटी, नेकपा एमाले

दोलखामा एमालेको पक्षमा माहोल तातेको छ । गठबन्धनबाट जनताहरु पीडित छन् । गठबन्धनभित्रको अविश्वास र आन्तरिक कलहले पनि एमालेको पक्षमा माहोल ह्वातै बढेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरु माओवादीलाई कुनै पनि हालतमा मत नदिने पक्षमा हुनुहुन्छ । उहाँहरुले कुनै पनि हालतमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने बताउनु भएको छ । सबै ठाउँमा पुग्दा जनताहरु हामीलाई जिताउन आत्तुर हुनुहुन्छ । नेकपा एमालेले नयाँ अनुहार र युवा पुस्तालाई अगाडि सारेको भन्दै जिल्लाबासी अत्यन्तै खुसी हुनुहुन्छ । साथै जिल्लाका तीनै जना उम्मेदवार युवा पुस्ता, नयाँ अनुहार, अब्बल र विकास र राजनीतिक दृष्टिकोणले सक्षम हुनुहुन्छ ।

अर्को तर्फ एमालेबीचमा रहेको ऐतिहासिक एकता छ भने सबै नेताहरु आआफनो ठाउँबाट आफ्नो बल बुत्ताले म्याएसम्म लागिपर्नु भएको छ । त्यतीमात्र नभई अन्यको ठाउँमा दोलखाली जनताको चेतनास्तर माथि छ जसका कारण पनि जिल्लामा नेकपा एमालेका उम्मेदवारहरुको विजय सुनीश्चित भइसकेको आभास हामाीले पाएका छौ । यसलाई आम जनताले अब संस्थागत गर्नका लागि मंसिर ४ को प्रतीक्षामा छौ ।


प्रकाशित | ३० कार्तिक २०७९, बुधबार १९:२४