एनआरएनए अमेरिकाको भवन खरिदका लागि एक सातामै उठ्यो १ लाख ६४ हजार २ सय डलर

न्यूर्योक:  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भवन खरिद गर्नको लागि वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थको संयोजकत्वमा गठित समितिले सहयोग संकलन कार्यलाई तीब्रता दिएको छ ।

समिति गठनपश्चात गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भवन खरिद गर्नको लागि आह्वान गरिएको एक सातामै १ लाख ६४ हजार २ सय डलर सङ्कलन भएको छ । यो रकम सेप्टेम्बर १५ बिहिबारका साँझ ५ः३० सम्मको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसीसी) ले भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030 मा भवन खरिद गर्न लागेको हो ।

संयोजक पन्थका अनुसार आह्वान गरेको एक सातामै १ लाख ६४ हजार २ सय डलर संकलन भइसकेको छ भने सहयोग आउने क्रम जारी रहेको छ ।

भवन खरिदका लागि अमेरिकामा बस्ने सबै गैर आवासीय नेपालीहरु अत्यन्तै उत्साहित छन् । यो अभियानलाई सार्थकता दिन मेरिल्याण्ड निवासी तथा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थको संयोजकत्वमा विस्तार भएको समिति दिनरात नभनी खटिरहेको छ ।

त्यस्तै, संयोजक पन्थले अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । साथै सबैबाट सहयोगको अपेक्षा समेत गर्नु भएको छ ।

भवन खरिदका लागि आर्थिक सहयोग गर्न चाहानेले निम्न बैकमा जम्मा गर्न सकिनेछ ।

Bank Name:- Wells Fargo

Routing Number:- 5623718383

Account Number:- 031100869

रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्थलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ।

भवन खरिदको विषयमा थप जानकारी चाहिएमा अध्यक्ष बुद्धि सागर सुबेदीलाई 920-809-1210 मा सम्पर्क गर्न सक्नुहुनेछ।


प्रकाशित | ३१ भाद्र २०७९, शुक्रबार ०९:०८