२०७८ मंसिर २ मा महाधिवेशन गर्ने नेकपा ओली समूहको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाउनु भएको थियो ।

बैठकमा उहाँले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गर्नु भयो, जसलाई बैठकलाई अनुमोदन गरेको छ ।

बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पर्सि ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १३:३१