कलंकीमा पनि पिक एन्ड ड्रप

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुँडिखेल र कोटेश्वर चोक आसपासमा पिक एन्ड ड्रप प्रणाली कार्यान्वयन प्रभावकारी भएसँगै कलंकी एरियामा आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ ।  महाशाखाले उपत्यकाकै अत्यन्त व्यस्थ चोक कलंकीमा ट्राफिक व्यवस्थापन गर्नको लागि पिक एन्ड ड्रप कार्यान्वयनमा ल्याएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले अन्य स्थानमा पिक एन्ड ड्रप प्रभावकारी भएकाले विस्तार गर्दै आएको बताए ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०८:०६