कालिन्चोक गाउँपालिका-७ का माओवादी नेता नहर्की एमालेमा प्रवेश

दोलखा : नेकपा माओवादी केन्द्रका नेता सुन्दर नहर्की एमालेमा प्रवेश गर्नु भएको छ । माओवादीले पार्टी सिद्धान्त छाडेको र परिवारवादमा लिप्त भएको भन्दै नहर्की एमालेमा प्रवेश गर्नु भएको हो ।

एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुगं र नेकपा एमाले दोलखामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले नहर्कीलाई खादा र माला लगाएर स्वागत गर्नुभयो । नेता नहर्कीले सबैलाई एमालेका उम्मेदवारलाई मत दिइ विजयी गराउन समेत आग्रह गर्नुभयो ।


प्रकाशित | २९ कार्तिक २०७९, मंगलवार १७:३६