चरिकोट: निर्वाचन नजिकिंदै गर्दा दोलखामा बालृकष्ण शिवाकोटीको पक्षमा माहौल तात्न थालेको छ । उम्मेदवार शिवाकोटीको पक्षमा उत्साहजनक माहौल तातेसँगै दोलखाबासी उत्साहित बनेका छन् ।
नेकपा एमालेका नेता कार्यकर्ता एकढिक्का भएर आफ्ना उम्मेदवारहरुलाई जिताउन खटिरहेका छन् । स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै एमालेका नेता कार्यकर्ता आआफनो ठाउँमा माहौल बनाउन लागिरहेका छन् नेपाली कांग्रेसका कार्यकर्ता भने आफ्नो उम्मेदवार नपाएपछि सबैको साझा उम्मेदवारको पहिचान बनाउन सफल शिवाकोटीलाई यो पटक मत दिने पक्षमा देखिएका छन् । पार्टीमा क्रियाशील सदस्य भएको कारण खुल्न नसकेका जिल्लाका अधिकांश क्षेत्रका कांग्रेस कार्यकर्ताले प्रतिनिधिसभा तर्फ शिवाकोटीलाई मत दिने बताएका छन ।
यो पटक एमालेले युवा पुुस्ता, सफल ब्यवसायी तथा स्वच्छ छवीका शिवाकोटीलाई उम्मेदवार बनाएको भन्दै गठबन्धनको उम्मेदवार भन्दा बालकृष्ण धेरै हिसावले योग्य उम्मेदवार भएको कांग्रेसका कार्यकर्ताको भनाई छ । उनीहरुले आफूहरु गठबन्धनका उम्मेदवार भन्दा पनि जिल्लाको आर्थिक समृद्धि र रुपान्तरण गर्न सक्ने इमानदार नेताको खोजीमा रहेको बताए । उनीहरुले गठबन्धनमा त्यो विकल्प नेदिखएकाले शिवाकोटीलाई मत दिने अन्तिम निश्कर्षमा पुगेको प्रतिक्रिया दिए ।
त्यस्तै, उनीहरुले जिल्लाका अन्य नेता कार्यकर्तालाई समेत बालकृष्ण शिवाकोटीलाई मत दिन आग्रह गरेका छन् । ‘हामीले सम्पर्कमा रहेका सबैलाई सर्कुलर गरिरहेका छौ’, उनीहरुले भनेका छन, ‘तपाई बाहिर नखुले पनि भित्री रुपमा प्रतिनिधिसभा तर्फ भने शिवाकोटीलाई मत दिनुहोला, यो नै असल कांग्रेस कार्यकर्ताको कर्तब्य हुनेछ ।’
त्यस्तै, दोलखामा गठबन्धनका उम्मेदवार भन्दा शिवाकोटी धेरै मतले अगाडि रहेको पाइएको छ । यो पटक कांग्रेसको मत मात्र १५ हजारभन्दा बढी बालकृष्ण शिवाकोटीको पक्षमा खस्ने र गठबन्धनका उम्मेदवारलाई ठूलो अन्तरले पराजीत गर्ने देखिएको छ । कांग्रेसका जिल्लास्तरीय नेताले जानकारी गराए अनुसार प्रतिनिधिसभातर्फ माओवादीका नेताहरुले समेत जित्न नसकिने निश्कर्ष निकालीसकेका छन् । त्यसकारण पनि कांग्रेस कार्यकर्ताले आफ्नो अमूल्य मत खेर फाल्न नहुने उनीहरुको जोड छ ।
कांग्रेस वडा कमिटी नै एमालेमा समाहीत
उता गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ खारेमा नेपाली कांग्रेसको सिङ्गो कमिटी नै नेकपा (एमाले) मा प्रवेश गरेको छ । वडा सभापति टीका गुरुङको नेतृत्वमा दर्जनौँ नेता कार्यकर्ता सोमबार एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेले खारेमा आयोजना गरेको चुनावी कार्यक्रममा कांग्रेस पार्टीप्रति असन्तुष्ट जनाउँदै कांग्रेस नेताहरु कृष्ण बहादुर तामाङ, वडा सदस्यको उम्मेदवार तक्त बहादुर तामाङ, पुराना कांग्रेस नेता बाबु काजी गुरुङ, मीन बहादुर तामाङ, तरुण दलका वडा सभापति विकास गुरुङ, तरुण दलको वडा सदस्य वितेस पाख्रीन, पदम मगर लगायतका नेता कार्यकर्ता एमाले प्रवेश गर्नु भएको हो ।
नेपाली कांग्रेसले गरेको अन्याय र अत्याचार कै कारण एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङ लगायतले खादा माला लगाएर स्वागत गर्नुभएको थियो ।
गौरीशंकर गाउँपालिकामा गठबन्धनमा निरन्तर पहिरो गइरहेको छ । यसअघि पालिकाको ७ नं साविक मार्वु गाविसको सिंगो गाउँ कमिटी एमालेमा प्रवेश भइसकेको छ ।
प्रकाशित | २८ कार्तिक २०७९, सोमबार १७:३१