दोलखामा बुथ कब्जा गरेर चुनाब जित्छु भन्ने दिवासपना कसैलाई नदेख्न पूर्व मन्त्री गुरुङको चेतावनी

दोलखा : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पार्बत गुरुङले दोलखामा बुथ कब्जा गरेर चुनाब जित्छु भन्ने दिवासपना कसैलाई नदेख्न चेतावनी दिनु भएको छ ।

गौरीशंकर गाउँपालिका वडा नं. २ जुगु डाडागाउँमा बुधबार चुनाबी घरदैलो अभियानको क्रममा बोल्नुहुँदै पूर्व मन्त्री समेत रहनु भएको गुरुङले दोलखामाा केहि नेताहरुले बुथ कब्जा गरेर चुनाब जित्ने सपना देखेको भन्त्दै त्यस्तो सपना कसैलाई नदेख्न चेतानवी दिनु भएको हो ।

बुथ कब्जा गर्छु भन्ने सपना मात्रै हुने बताउदै भन्नु भयो, ‘दोलखामा बुथ कब्जा हुदैन, स्वतन्त्र मतदान गर्ने अधिकारबाट कोही पनि नागरिक बञ्चित हुँदैनन् । नेकपा एमाले जनताको स्वतन्त्र भोटले निर्वाचन जित्नेमा ढुक्क छ ।’

समग्र दोलखाको बिकासको निम्ति कहिल्यै अन्याय, विभेद नगरिएको र गर्न नहुने भन्दै उहाँले निर्वाचनमा डर त्रास नभई स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो ।  जुँगुलाई भयरहित वातावरणमा चुनाव प्रचारप्रसार र यस अघिको घटनालाई बिर्साउने वातावरण बनाएको उहाँले बताउनुभयो ।

उहाँले माओबादी पिँध नभएको लोटा जस्तो भएको बताउदै आफ्नो साख जोगाउन अरु पार्टीतिर टासिनुपर्ने लज्जास्पद अवस्था आएको बताउनु भयो ।


प्रकाशित | १६ कार्तिक २०७९, बुधबार १७:१३