लुम्बिनीमा १६ प्रतिशतले बढे पर्यटक: चार महिनामा ७७ हजार ४ सय ३६ विदेशी पर्यटक

काठमाडाौं: बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको छ । चार महिनामा (जनवरीदेखि अप्रिल सम्म ) ७७ हजार ४ सय ३६ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका हुन । गत वर्ष सोही अबधिमा लुम्बिनी पुग्ने विदेशी पर्यटकको संख्या ६६ हजार ५ सय ९३ थियो । प्रथम चौमासिकमै १६ प्रतिशतले विदेशी पर्यटक आगमन वृद्धि भएको हो ।

लुम्बिनी विकास कोषका सूचना शाखाका अधिकृत राजन बस्नेतका अनुसार जनवरीमा १३ हजार ६ सय १९, फेबु्रअरीमा २५ हजार ८ सय ६८, मार्चमा २९ हजार ४ सय र अप्रिलमा ८ हजार ६ सय ५० विदेशी पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनीको महत्व, प्रचार–प्रसार र प्रवद्र्धनमा लुम्बिनी भ्रमण वर्ष–२०७६ लगायतका कार्यक्रमबारे चासोलगायतका कारणले लुम्बिनीमा आउने पर्यटकहरू बढेका छन् । चार महिनामै गएको वर्षको तुलनामा १० हजार ८ सय ४३ पर्यटक बढेका हुन ।

गएको ४ महिनामा लुम्बिनीमा सबैभन्दा बढी श्रीलंकनहरू १८ हजार २ सय ३५ जना आएका थिए भने बर्माका १६ हजार ८ सय ३९, थाइल्यान्डका १५ हजार १ सय ५३, चीनका ८ हजार ७ सय १, भियतनामका २६ सय १६, कोरियाका ३६ सय १३, जर्मनीका १३ सय ९१ लगायत विभिन्न ७० बढी देशका पर्यटक छन् । प्रदेश ५ को सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइरहेको छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १७:२९