एमाले दोलखाका उम्मेद्धवार मतदाता भेटघाटमा व्यस्त

चरिकोट -आगामी मंसिर ४ गते हुने प्रतिनधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले दोलखाका उम्मेद्धवारहरु यतिबेला मतदाता भेटघाटमा ब्यस्त रहेका छन् ।

चुनावको नजिकिदै गर्दा प्रतिनिधि सभा सदस्य उम्मेद्धवार बालकृष्ण शिवाकोटी, प्रदेश सभाका उम्मेद्धवारद्धय नरबहादुर श्रेष्ठ र भरत के.सी घरदैलो कार्यक्रममा व्यस्त रहनु भएको छ ।

यसै विच आज विहान भीमेश्वर नगपालिकाको वडा नम्बर ७ स्थित मकैबारीमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । भेटघाट तथा घरदैलो कार्यक्रममा नेकपा एमाले दोलखाका उपाध्यक्ष तथा भीमेश्वर नगरपालिका चुनावी कमाण्डर राजेन्द्र मानन्धर, चुनावी कमाण्ड सदस्य हरिवंश चौलागाई, एमाले नेता दिनेश बस्नेत लगायतले सुर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेद्धवारलाई जिताउन आग्रह गर्नु भएको थियो ।

निर्वाचन अभियान अन्तर्गत प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बालकृष्ण शिवाकोटी सहित प्रदेश सभा क का उम्मेद्धवार नरबहादुर श्रेष्ठले गौंरीशंकर गाउँपालिको सम्पुर्ण वडाहरुमा पुगी कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ ।

आज प्रदेश सभा ख का उम्मेद्धवार भरत के.सी.ले कालिञ्चोक गाउँपालिकाको विभिन्न वडाहरुमा पुगी कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट, प्रचार प्रसार र अन्तरक्रिया सम्पन्न गर्नु भएको छ ।


प्रकाशित | १६ कार्तिक २०७९, बुधबार १४:३१