सोनाम लामा दम्पतीले दिए आर्थिक रुपमा विपन्नलाई ओढ्ने ओछ्याउने

मुक्तीनाथ : गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामा र उहाँको श्रीमती निमा डिकी लामाले छात्राबासमा बस्दै आएका आर्थिक अवस्था नाजुक रहेका सयौ विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने सहयोग गर्नु भएको छ ।

No description available.

मुस्ताङको बारगुङ मुक्तीनाथ गाउँपालिका—१ झारकोटमा अवस्थित श्री मुक्तीनाथ आधारभूत विद्यालयका विद्यार्थी र सोही विद्यालयको छात्राबास अस्दै आएका आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका गरिव विद्यार्थीलाई ओढ्ने ओछ्याउने सहयोग गर्नु भएको हो ।

No description available.

बाक्लो ओढ्ने ओछ्याउने नहुँदा छात्राबासमा बस्दै आएका विद्याथीहरुले निकै कष्टकर जीवन बिताउनु परिरहेको अवस्थामा लामा दम्पतीले १ सय ३ विद्यार्थीहरुलाई चिसोबाट बच्न प्रती विद्यार्थी बराबर एक÷एक वटा ब्यालककेट, तन्ना र सिरानी वितरण गर्नु भएको हो ।

No description available.

अमेरिकाबाट नेपाल आई सोनाम लामाको धर्मपत्नी निमा डिकी लामाले गरिब विद्यार्थीहरुको अवस्था अत्यन्तै दयनीय र नाजुक देख्नु भएपछि सहयोगी हात फैलाउनु भएको हो ।

No description available.

लामा धर्मपत्नी निमा बिकी गरिब दिन दुखीको सहयोग गर्नुपर्छ भन्ने भावनाको हुनुहुन्छ । स्मरण रहोसः लामा दम्पतीकै ब्यक्तीगत सहयोगमा मुक्तीनाथ परिसरमा करोडौ लगानीमा बुद्धको मुक्ती निर्माण भएको छ । मूर्ती यही कात्तिक १८ गते राष्ट्रपती विद्यादेवी भण्डारीले हस्तान्तरण गर्नुहुने कार्यक्रम छ ।

No description available.

स्थानीय जनप्रतिनिधि पेम्बा छिरिङ गुरुङका अनुसार सो विद्यालयमा रोल्पा, डोल्पा, मुगु, मुस्ताङ, म्याग्दी र स्कुम गरि ६ जिल्लाबाट गरि १०३ जना विद्यार्थीहरु छात्राबासमा बसेर पढ्दै आएका छन् । उहाँले अहिलेसम्म कसैले पनि गर्न नसकेको सहयोग सोनाम लामा र निमा डिकीले गर्नुभएकोमा विद्यार्थीहरुलाई ठूलो राहत मिलेको बताउनु भयो ।


प्रकाशित | ७ कार्तिक २०७९, सोमबार १६:०८