प्रगतिशील वौद्धिक समाज कागेश्वरीको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ -प्रगतिशील वौद्धिक समाज कागेश्वरी मनोहराद्वारा शान बैँकेट, खहरे काँडाघारीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम काठमाडौ क्षेत्र नं २ का प्रतिनिधिसभा तथा प्रदेशसभा नेकपा एमालेका उमेदवारहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रममा क्षेत्रमा काठमाडौ क्षेत्र नं २ वसोवास गर्नुहुने प्रवुद्ध वुद्धिजिवीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । एमालेका काठमाडौ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उमेदवार मणिराम फुयाल, प्रदेशसभा २ (क) का उमेदवार सानुकुमार श्रेष्ठ, प्रदेशसभा २ (ख) का उमेदवार सुवर्ण श्रेष्ठ तथा प्रतिनिधिसभा सदस्य पदका समानुपातिक उमेदवार प्रेम पराजुलीले कार्यक्रमलाई सारगर्वित सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य भगवान दाहालका साथै क्षेत्र नं २ निर्वाचन परिचालन कमिटिका संयोजक कृष्ण वजगाईले निर्वाचन केन्द्रित मन्तव्य राख्नु भएको थियो ।

समाजका संयोजक नारायणप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका वौद्धिक सदस्य वालकुमार वाँस्तोलाले गर्नु भएको थियो भने समाजका अर्का वौद्धिक सदस्य नरेन्द्र सिवाकोटीले आयोजित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उपस्थित सूर्यध्जावाहक उमेदवार, अतिथि एवं सवै वौद्धिक महानुभावहरुलाई समाजका तर्फवाट स्वागत गर्नु भएको थियो ।

सहभागी प्रवुद्ध वुद्धिजिवीहरुले काठमाडौ क्षेत्र नं २ का प्रतिनिधिसभा तथा प्रदेशसभा नेकपा एमालेका उमेदवारहरुलाई विजयको शुभकामना प्रदान गर्नुभएको थियो ।


प्रकाशित | ५ कार्तिक २०७९, शनिबार १६:५०