कांग्रेसका सबै भातृ संगठनको कार्यसमिति विघटन

काठमाडौं – नेपाली कांग्रेसले विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको हो ।


प्रकाशित | ३ फाल्गुन २०७८, मंगलवार १७:३५