गैर आवासीय नेपाली संघका संस्थापक रामप्रताप थापा सम्मानीत

काठमाडौं:। गैर आवासीय नेपाली संघका संस्थापक रामप्रताप थापा सम्मानीत हुनु भएको छ । ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशनको अवसरमा जर्मनका लागि नेपाली महावाणिज्यदूत समेत रहनु भएको थापा सम्मानीत हुनु भएको हो ।

गैर आवासीय नेपाली संघ र समग्र गोरखाको आर्थिक सम्मृद्धि तथा विकासमा प्रवासबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले सम्मान गरेको हो । शुक्रबार गोरखा बजारमा आयोजित समाजको अधिवेशनमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मान गर्नु भयो ।

No description available.

सो अवसरमा नेता श्रेष्ठले गोरखाको विकासमा थापाको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गर्नु भयो । साथै उहाँले गैर आवासीय नेपालीहरुको एकता तथा संस्थागत विकासमा पनि योगदान गरेको र आगामी दिनमा थप सहयोगको अपेक्षा पनि गर्नु भयो ।

No description available.

सो अवसरमा बोल्नु हुँदै थापाले ग्लोबल गोरखा समाजले छोटो समयमा प्रगति गर्न सफल भएको र गोरखाली जनताको दुख:सुखको साथी बन्दै गएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाँले आफूले पहिला देखि नै सामाजीक कार्य गर्दै आए पनि प्रचार प्रसार भने नगरेको र निस्वार्थ हिसावले सेवा गर्दै आएको बताउनु भयो ।

No description available.

समाजले ग्लोवल गोरखा समाजका संस्थापक अध्यक्ष तथा वर्तमान एनआरएनए उपाध्यक्ष समेत रहनुु भएको जयप्रकाश गुरुगंलाई पनि सम्मान गरेको छ । समाजका अध्यक्ष विनय अधिकारीले थापा र गुरुगंले ग्लोवल गोरखा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको र योगदानको कदर गरेको बताउनु भयो ।


प्रकाशित | ५ कार्तिक २०७९, शनिबार ०९:३६