बाह्रविसे नगरपालिकाका मेयर शेर्पाको पहलमा जोडियो बाढीग्रस्त साँझीखोल्सा पुल

दिनेश दुलाल /बाह्रबिसे (सिन्धुपाल्चोक) 

एकवर्ष पछि बाढिले क्षतिग्रस्त भएको साँधी खोल्साको पुल जोडिएको छ । बाह्रविसे नगरपालिका मेयर निम्फुञ्जो शेर्पा लगाएतको प्रयत्न पछि अलपत्र बनेको साँधी खोल्सालाई बेलिब्रिजले जोडिएको हो । बाह्रबिसे बजारको साँधीखोल्सामा बेलिब्रिज राखिएपछि केही दिनमै यातायात आवातजावतमा सहज हुने भएको छ । जेठ १७ मा नाका खोलीने चर्चा संगै नेपाल सरकारलाई उक्त पुल निर्माण गर्न चौतफी दवाव परेको थियो ।

सोही अनुसार खोर्सानीबारी जोड्ने साँधीखोल्सा पुल निर्माणको लागि अघिल्लो मंगलबारबाट बेलीब्रिजको सामग्री ल्याउन सुरु गरिएको थियो । ’निकै दौडधुप र आग्रह पछि साँझीखोल्सामा बेलिब्रिज राख्न सफल भयौं‘ निकै उत्साहित हुँदै बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने । उक्त पुल निर्माण संगै यातायात आवतजावत र पैदलयात्रीलाई निकै सहजता मिलेको मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो ।

बाह्रबिसे बजार र खोर्सानीबारीलाई जोड्ने यस अघिको पुरानो साँधीखोला पुल गत साल साउनमा साँधी खोल्सामा आएको लेदो सहिततको बाढीले बगाएको थियो । झण्डै तीन किमी माथिदेखिको लेदो चट्टान आउँदा बजारलाई कुरुप बनाएको थियो । आफैं खटिएर बजार जोगान लागेका मेयर शेर्पाले यातायात आवातजावत गर्न तत्कालको लागी अस्थायी सडक निर्माण गर्न लगाएका थिए । उक्त खोल्साको पुल निर्माणको लागि सडक डिभिजन, प्रदेश तथा संघीय मन्त्रालयलाई निकै पटक आग्रह गर्दा पनि नगरेपछि मेयर आफैं पुल निर्माणमा खटिएको उहाँले बताउनुभयो ।

तत्कालको आवश्यकतालाई पुरा गर्न बेलिब्रिजको सामग्री आईपु¥याए संगै जडानको काम तिब्र गतिमा भएपछि उक्त पुल जोडिएको सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख धर्मेन्द्र झाले बताउनुभयो । । ’बेलिब्रिजको सामग्री ल्याउन साथ सुरु ग¥यौ । तिब्रगतिमा गरिएकोले छिट्टै सकियो‘, डिभिजन प्रमुख झाले भन्नुभयो ।

उहाँका अनुसार पोखराबाट ल्याउन पर्ने ५० ट्रनको उक्त बेलिब्रिज आईपुगेपछि जडानको काम थालिएको थियो । उक्त बेलिब्रिज निर्माण संगै अरनिको राजमार्ग बन्देउ देखि बाह्रबिसे माथि ६ किमी सम्म नेपाल सरकारको तर्फबाट सडक डिभिजन कार्यालयले निर्माणको काम तिब्रता दिएको उनले बताउनुभयो । त्यसक्रममा सडक वरपरको पहिरो नियन्त्रण, साँघुरो बाटो फराकिलो बनाउने र खोलबाट जाली भर्ने लगाएतको काम तिब्रतामा बढेको उनले बताए । लामुसाँघु देखि माथि पिचको काम भईरहेको उहाँले बताउनुभयो । तातोपानी नाका जेठमै खोल्ने भएपछि सोही अनुसारको कामलाई तिब्रता दिएको डिभिजन प्रमुख झाले बताउनुभयो ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार १९:१३