ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न, ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गोरखा : विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । विनय अधिकारीको नेतृत्वमा रहेको समाजको अधिवेशनले नेतृत्व समेत हस्तान्तरण गरेको छ ।

No description available.

शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष गोकर्ण प्रसाद ढकाललाई अधिकारीले नेतृत्व हस्तान्तरण गर्नु भएको हो । ढकाल गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष समेत हुनुहुन्छ ।

समाजको उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), श्रीकृष्ण भट्टराई (कतार), आकाश बन्जरा (हङकङ), वम बहादुर गुरुगं (बेलायत), कमला काप्री (बेलायत) र गणेश लामिछाने चयन हुनु भएको छ । महासचिवमा जापान निवासी विराट खनाल चुनीनु भएको छ ।

No description available.

त्यस्तै, समाजको सचिवमा कतारबाट रामजी खत्री, मलेसियाबाट प्रेम पाण्डे र बेल्जियमबाट मदन दवाडी चयन हुनु भएको छ ।

No description available.

समाजको कोषाध्यक्षमा बेलायतका ज्ञानेन्द्र आले मगर र सहकोषाध्यक्षमा जर्मनीका सरोज अर्याल चयन हुनु भएको छ ।  समाजको युवा संयोजकमा नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई जिम्मेवारी दिइएको छ।

No description available.

अधिवेशनले एनआरएनएका संस्थापक समेत रहनु भएको जर्मनी निवासी रामप्रताप थापा प्रमुख रहेको ४ सदस्यीय संरक्षक समिति गठन गरेको छ। संरक्षक समितिको सदस्यहरुमा समाजका संस्थापक अध्यक्ष तथा एनआरएनएका उपाध्यक्ष जयप्रकाश गुरुङ (बेलायत), निवर्तमान अध्यक्ष तथा एनआरएनएका उपमहासचिव विनय अधिकारी (बेलायत) र हरिहर अर्याल (फ्रान्स) रहनु भएको छ ।

No description available.

सल्लाहकारमा क्यानडाबाट रस्मी काली थापा, कार्यसमितिका सदस्य भने पदाधिकारीको बैठकले चयन गर्नेछ । । अधिवेशनको उदघाटन नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गर्नु भएको थियो ।

No description available.

विनय अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा पूर्वसांसद कमला रोक्का, रामशरण बज्रगाई, एनआरएनएका संस्थापक तथा समाजका संरक्षक रामप्रताप थापा, समाजका संस्थापक अध्यक्ष तथा संरक्षक जयप्रकाश गुरुङ, पण्डित दिलबन्धु पोखरेल, गोरखाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरुलगायतको कार्यक्रममा सहभागिता थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रकाशित | ४ कार्तिक २०७९, शुक्रबार २३:०७