गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण

पोखरा : गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका आज थपिएका संक्रमति ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका रहेका छन् ।

शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि स्याङ्जाको २२ जना, पर्वतका १३ जना, नवलपुरका १ जना र तनहुँको १ जना रहेका छन् । गण्डकीका ११ जिल्ला मध्ये ९ जिल्लाका संक्रमित छन् । मनाङ र मुस्ताङ भने संक्रमित छैनन्


प्रकाशित | ३० जेष्ठ २०७७, शुक्रबार ०८:४८