सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं -नेपाल-चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर रेक्टर स्केलको भूकम्प गएको छ ।

आज दिउँसो तीन बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको हो । त्यसको असर काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा परेको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, धादिङ, गोरखामा पनि महसुस गरिएको छ ।


प्रकाशित | २ कार्तिक २०७९, बुधबार १५:५४