संस्कृतिविद् सत्यमोहन जोशीको निधन

काठमाडौँ -संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

उनको शुक्रबारदेखि स्वास्थ्य अवस्था स्थिर रहेको थियो । छातीमा निमोनियाको संक्रमण भएर २४ दिन अघि अस्पताल भर्ना भएको थिए । उनलाई डेंगु संक्रमण पनि भएको थियो ।

 

 


प्रकाशित | ३० आश्विन २०७९, आईतवार ०८:३१