चाँगुनारायण नगरका २ सय ८१ जनालाई स्थानीय विपद् जोखिम न्यूनीकरण, रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि तालिम

भक्तपर । चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला सम्पन्न भएकोछ । मंसिर १९ गते देखि शुरु भइ पौष ५ गते सकिएको कार्यशालामा ९ वटै वडामा १३२ महिला र १४९ पुरुष गरी २८१ जनाको सहभागिता रहेको थियो ।

प्राकृतिक तथा गैह्र प्राकृतिक विपद्बाट जीवन तथा सम्पत्ति, स्वास्थ्य, जीविकोपार्जन तथा उत्पादनका साधनहरू, भौतिक एवं सामाजिक पूर्वाधार, सांस्कृतिक एवं वातावरणीय सम्पदामा हुने क्षतिको उल्लेख्य रूपमा न्यूनीकरण गर्न विभिन्न रणनीतिक क्रियाकलापहरूको पहिचान गरी आवधिक तथा वार्षिक योजना तर्जुमा गरी कार्यान्वयन गर्दै विपद् जोखिम रोकथाम, पूर्वतयारी, प्रतिकार्य एवं पुनस्र्थापना तथा पुनर्निर्माणको सुदृढीकरण र उत्थानशीलता अभिबृद्धि गरी विद्यमान विपद जोखिम तथा क्षतिको न्यूनीकरण र नयाँ जोखिमको रोकथाम गर्ने उद्देश्यकासाथ वडास्तरमा रहेको विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानीय सरोकारवालाहरुको उपस्थितीमा सञ्चाललित कार्यशालामा वडास्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, ज्येष्ठ नागरिक, महिला, शिक्षकहरुको सहभागितामा स्थानीय स्तरको जोखिम विश्लेषण, विगतका वर्षहरुमा विपद्बाट भएको क्षति, रोकथाम र विपद् जोखिम न्यूनीकरणका उपायहरुका बारेमा छलफल गरी तथ्यांक सकलन गरीएको थियो ।

त्यसै गरी कार्यशालाका सहभागीहरुलाई समुह विभाजन गरी विभिन्न ४ वटा प्राथमिकता प्राप्त क्षेत्रहरुमा समुह कार्य गरी सम्भावित रणनीतिक क्रियाकलापहरू संकलन गरिएको थियो । प्राथमिकता प्राप्त क्षेत्रहरुमा क्रमशः विपद्् जोखिम बारे बुझाई, स्थानीय तहमा विपद् जोखिम शासकीय पद्धतिको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरणका लागि उत्थानशीलता वृद्धि गर्न बृहत्तर जोखिम जानकारीमा आधारित निजी तथा सार्वजनिक लगानी प्रवर्धन र प्रभावकारी विपद् प्रतिकार्य र पुनर्लाभ, पुनः स्थापना तथा पुनः निर्माणमा “अझ राम्रो र बलियो निर्माण” का लागि विपद् पूर्वतयारीको सुदृढीकरण रहेका थिए ।

विपद्बाट हुने मृत्यु दर कम गर्ने, विपद््बाट प्रभावित व्यक्तिहरुको संख्या कम गर्ने, गार्हस्थ्य उत्पादनमा विपद््को कारणले हुने प्रत्यक्ष आर्थिक क्षतिलाई कम गर्ने, महत्वपूर्ण पूर्वाधार र आधारभूत सेवाहरुमा विपद््ले पुर्याउने क्षति र अवरोध कम गर्न उत्थानशीलता विकास गर्ने र बहुप्रकोप पूर्वसूचना प्रणाली र विपद् जोखिम सूचना तथा आंकलनको उपलब्धता र पहुँचमा बृद्दि गर्ने लक्ष्यका स्थानीय तहले यस किसिमको रणनीतिक कार्ययोजना अनिवार्य रुपमा तयार गर्नपर्नेहुन्छ ।

चाँगुनारायण नगरपालिकाको कार्यपालिकाको बैठकबाट स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना तर्जुमा कार्यदल गठन गरी कार्य प्रारम्भ गरिएको थियो । वन, वातावरण र विपद् व्यवस्थापन समितका संयोजक सोम प्रसाद प्रधानको संयोजकत्वमा गठित समितिमा कार्यपालिका सदस्य निर्मला के।सी, योजना शाखाबाट उज्वल बस्नेत, विषय विज्ञहरुबाट दिनेश थापा, विपद्मा कार्य गर्ने स्थानीय संस्थाका तर्फबाट प्रदिप कुमार के।सी र घनश्याम खड्का र विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने सदस्य रहनुभएको छ । रणनीतिक कार्ययोजना तयारीका चरण १ मा संस्थागत निर्णय र तयारी, चरण २ मा क्षति तथा विपद् जोखिम विश्लेषण, चरण ३ मा लक्ष्य र सुचकहरु निर्धारण, चरण ४ मा रणनीतिक कार्ययोजना तर्जूमा र चरण ५ मा स्वीकृति र कार्यान्वयान अनुगमन र मूल्यांकन रहेकोछ ।

दोश्रो चरणमा रहेको क्षति तथा विपद् जोखिम विश्लेषणका लागि वडास्तरमा संचालित कार्यशालामामा चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परामर्शदाता दिनेश थापा, प्रशिक्षकहरु राजकुमार लम्साल, दिवाकर पौडेल र ऋषि खड्काले सहजीकरण गर्नुभएको थियो । विभिन्न सरकारी तथा गैह्र सरकारी निकायहरु संगको कार्यशाला, नगरपालिकाको शाखागत छलफल तथा स्थानीय विपद् व्यवस्थापन समितिसंग कार्यदलले छलफल र अन्र्तक्रिया गरी प्राप्त सुझाबहरुलाई समेटेर स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना अन्तिम रुप दिइनेछ ।


प्रकाशित | ६ पुष २०८०, शुक्रबार १९:४९