नेकपा फुटाउने सपना कसैलाई नदेख्न माधव नेपालको चेतावनी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना कसैलाई नदेख्न चेतावनी दिनुभएको छ । धुम्बाराहीमा बसेको सचिवालयको अनौपचारिक बैठकपछि बोल्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएको नेता नेपालले नेकपा फुटाउने सपना कसैलाई नदेख्न चेतावनी दिनुभएको हो ।

नेता नेपालले भन्नुभयो, ‘त्यति कमजोर धरातलमा छैन । सचिवालय सदस्य जति अनौपचारिक छलफलमा उपस्थित छौं । यो पार्टी एकताको लागि जुटेका हौं, फुटाउने सपना कसैले नदेखे हुन्छ ।’

आज पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड ) ले बोलाउनुभएको सचिवालय बैठकमा सरकारमा सहभागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री रहनु भएको विष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादल सहभागि हुनुभएन ।

बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि हुनुभएको थियो । बैठकले भोली शनिबार प्रधानमन्त्री ओलीलाई सामूहिक रुपम भेटी बैठक बेलाउन आग्रह गर्ने निर्णय गरेको छ ।


प्रकाशित | २१ कार्तिक २०७७, शुक्रबार १८:५०