एनआरएनए साउदीद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौं नेपाली श्रमीकहरु लाभान्वित

साउदी अरव –  गैर आवासीय नेपाली संघद्वारा साउदी अरबको पुर्वी क्षेत्र दम्माम, जुबैलमा काम गर्ने नेपाली श्रमीकलाई लक्षित गरि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसीद्वारा आयोजना गरिएको निस्शुल्क स्वास्थ्य परिक्षण शिविरमा १५१ जना नेपाली श्रमीकहरु लाभान्वित भएका छन ।

साउदी अरबको जुबैल स्थित गल्फ एसिया मेडिकल कम्पलेक्समा एकदिने निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम राखिएको थियो।

उक्त शिविरमा नेपालीहरुको कोलेस्ट्रोल लेभल, युरिक एसिड, मृगौला, ब्लड प्रेसर, सुगर, लिभर, भिटामिन डिको परिक्षण गर्दै आवश्यक औषधी र विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण गरिएको थियो ।

यसै गरि स्वास्थ परिक्षण कार्यक्रममा नेपाली राजदुतावासका तर्फबाट स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो । कार्यक्रम गैर आबासिय नेपाली संघ, साउदी अरवका अध्यक्ष डमर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सहजीकरण गर्न एनआरएका निबर्तमान अध्यक्ष तेज थापा , मध्य पुर्ब सह संयोजक राजेन्द्र अर्याल, आइसिसि सदस्य यास्मिन बेगम, एनआरएनए साउदीका संरक्षक राजु सैयद, सल्लाहकार रामदूलार मण्डल, उपाध्यक्ष रबिना अर्याल, प्रबक्ता शुक्र मोक्तानले गर्नु भएको थियो ।

त्यस्तैगरि सदस्य गणेश अर्याल, सदस्य देब नारायण चौधरी, सदस्य गणेश आचार्य, सदस्य मधुसुधन अर्याल, एनआरएनए का पुर्बी क्षेत्रका आरसिसि उपाध्यक्ष पदम महत एलसीसि दमामका अध्यक्ष हरी थापा, एलसीसि कतिफका अध्यक्ष सन्तोष गौतम, एलसीसि जुबेल भिम कार्की, हेल्प मधेशका तर्फबाट कासिन्द्र पासमान, बिरेन्द्र कुमार महतो, नेपाली जनप्रगतिशील मन्च साउदीका उपाध्यक्ष रामचन्द्र वाग्ले, तमुधी साउदी अरबका अध्यक्ष खेम गुरूङलगायतले सहजीकरण गर्नु भएको थियो ।

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ
सायद ५ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ
सायद ६ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ
सायद ७ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
सायद २ जना मानिसहरू को तस्बिर हुनसक्छ
सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ
सायद ३ जना मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ
सायद ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ
सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू, घरभित्र तथा  'NRNA गौर आवासीय नेपाली संध नपालीका नेपाली राष्ट्रिय समन्वय परिषद साउदी अरब एल्क स्वास्थ्य क्षण शिति देखि अपरान्ह गन: Gr' लागि नेपाली" गैर आवासीय नेपाली संध राष्ट्रिय समन्वय साउदी २००० Health Gulf iaHealth ealtyougi Health MedicalDetals L AppStore BookAppointments ''Pl' Download app for AcessLa Video Manage cons consultatio Ûe Reports medical records' भन्ने पाठ को तस्बिर हुनसक्छ
सायद ९ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रकाशित | २२ माघ २०७८, शनिबार १३:०२