एनआरएनए अभियानमा महिला सहभागिता बढाउन महिलाहरु नै अगाडि बढनुपर्छ : टीका गुरुङ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला सचिव राधिका गुरुङ (टीका) ले ‘एनआरएनए अभियानमा महिला सहभागिता बढाउन महिलाहरु नै अगाडि आउनुपर्ने बताउनु भएको छ । एनआरएनएको २० औं वार्षिकत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महिला सचिव गुरुङले आफ्नो इच्छा शत्तिलाई महिलाहरुले आफैं अघि बढाउनु पर्नेमा जोड दिनु भयो ।

फरक प्रसंगमा बोल्दै महिलाहरुलाई वैदेशिक रोजगारीमा जान प्रेरित गर्नुभन्दा देशमै उद्यमी बनाउन सरोकारवालहरुले पहल गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । महिलाहरुलाई विदेश पठाउँदैमा समस्या समाधान नहुने उहाँले स्पष्ट पार्नु भयो ।

‘महिलाहरुलाई विदेश पठाएर घरको अवस्था सुधार हुन्छ भन्ने होइन। घरको समस्यमा समाधान गर्न महिलाहरुलाई देशमै उद्यमी बनाउनुपर्छ,’ उहाँले भन्नु भयो । वैदेशिक रोजगारीमा जानु परे सीप सिकेर मात्र जान उहाँले सुझाव दिनु भयो ।


प्रकाशित | २६ आश्विन २०७९, बुधबार १८:२७