भक्तपुरमा सक्रिय पत्रकार ढकाल सम्मानित

भक्तपुर । भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित हुनु भएको छ । औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसर ढकाललाई सम्मान गरिएको हो । काभ्रेमा जन्मिएर कर्मथलो भक्तपुर बनाएका पत्रकार ढकाल जिल्लामा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

विगतका समदूरी साप्ताहिक, सौर्य दैनिक, रातोपाटी डटकम हुदैं हाल नयाँ नेपाल न्युजको कार्यकारी सम्पादक रहेका ढकाललाई नगद रु ५ हजारसहित सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले सम्मान गर्नुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका ढकाल, प्रेस चौतारी भक्तपुरका अध्यक्ष र राष्ट्रिय संचार केन्द्रका सचिव समेत हुनुहुन्छ ।

उक्त अवसरमा राष्ट्रिय तथा अन्राष्ट्रिय रुपमा उत्कृठ रहेका खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । नगरप्रमुख थापाले भलिबल खेलका प्रशिक्षक तथा पूर्व खेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गर्नुभएको हो । खेलाडीहरुलाई जनही नगद रु ५ हजारसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

चैत २२ गतेदेखि जारी महोत्सव आज समापन भएको हो । महोत्सवमा करिब ८ करोड बराबरको कारोबार भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।


प्रकाशित | २ बैशाख २०८१, आईतवार २२:२८