एनआरएनएको अन्तिम मतदाता नामावली प्रकाशित, उम्मेदवारको मनोनयन दर्ता शुरु, भोलि साँझ ५ बजेसम्म दर्ता गर्न सकिने

काठमाडौं– गैर आवासीय नेपाली संघको आगामी २१-२२ मार्चमा हुन गइरहेको निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । प्रमुख निर्वाचन अधिकृत भिमसेन बंजराले ३५९० जना मतदाताको नामावली प्रकाशन गर्नु भएको हो ।

६० पदका लागि हुने निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता समेत शुरु भएको छ । उम्मेदवारी दर्ता भोलि ८ मार्च साँझ ५ बजेसम्म तोकिएको हो ।

उम्मेदवारी विरुद्ध दावी विरोध मार्च ९-१० को बिहान १० बजे सम्म, उम्मेदवारहरुको मनोनयनपत्रको जाँच तथा उजुरी उपर निर्णय मार्च १० को दिउँसो १ बजेसम्म, उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो २ बजेसम्म, उम्मेदवारी फीर्ता मार्च १० को ३ बजेदेखि मार्च ११ को साँझ ५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मार्च १२ को साँझ ५ बजे तोकिएको छ ।

 


प्रकाशित | २३ फाल्गुन २०७८, सोमबार १२:४४