भट्टराईले यसकारण गरे फोरमसँग एकीकरण

काठमाडौं: डा. बाबुराम भट्टराईले २०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गर्दा भारतमा अरविन्द केजरीवालको उदय भएको थियो । परम्परागत दलको विकल्पमा केजरीवालले नेतृत्व गरेको दल एकैचोटीमा सरकारको नेतृत्व गर्ने हैसियतमा पुग्यो जसको गाढा प्रभाव त्यतिबेला भट्टराईमा परेको थियो ।

आजको कान्तिपुर दैनिकमले टिप्पणी लेखेको छ, पुँजिवाद र समाजवादलाई संयोजन गरेर नयाँ विचारसहित नयाँ शक्ति पार्टीको गठन गरे । नयाँ विचारसहितको नयाँ शक्तिलाई मुलुकको वैकल्पिक शक्ति बनाउने अठोट उनमा थियो । तर पार्टीको नयाँ सिद्धान्तले आकार नलिँदै कम्युनिस्ट र गैर कम्युष्टिमा अन्तरद्वन्द्व बढ्दै गयो । र केहीले छोडे ।

गएको संसदीय निर्वाचनमा गोरखा २ बाट कांग्रेससँगको सहकार्यमा उनले चुनाव त जिते तर पार्टीको अवस्था बेहाल भयो । प्रतिनिधिसभामा उनीबाहेक कसैले पनि चुनाव जित्न सकेनन् । राजनीतिमा आफ्नो प्रभाव कायम राख्न उनले ठूलो पार्टीमा मर्जर गर्नुपर्ने बाध्यता बनसिकेको थियो । कांग्रेस र नेकपाभित्र प्रभाव सुरक्षित देखेनन् । त्इसैले मधेसकेन्द्रित दलसँगै अन्य साना दललाई एकत्रित गरेर वैकल्पिक शक्ति बनाउने दोस्रो कोशिशमा उनी लागेका छन् । त्यसैका लागि उनले उपेन्द्र यादवको संघीय समाजवादीसँग एकता प्रकयामा लागे ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०७:३७