चटयाङ लागेर खेत रोप्दै गरेका चार महिलाको ज्यान गयो

बारा : बारामा चट्याङ लागेर ४ महिलाको ज्यान गएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका १२ शितलपुर र फेटा गाउँपालिका १ मा चट्याङ लागेर ४ महिलाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुन रहेका छन् ।

फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो । चट्याङ लागेर फेटामा ५ जना घाइते भएका छन् ।

घाइतेलाई अस्पताल लगिएको र मृतकको शव परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । खेतमा रोपाइँ गर्ने क्रममा उनीहरुलाई चट्याङ लागेको हो ।


प्रकाशित | १८ असार २०७७, बिहीबार ११:००