अमेरिका प्रस्थान गर्दै एनआरएनए उपाध्यक्ष लामाको उद्घोष – चुनावमा ब्यक्त प्रतिबद्धता पूरा गरेरै छाड्छौ

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष सोनाम लामाले संघलाई विश्वभरिका नेपालीको साझा संस्थाको रुपमा विकास गर्न लागिपर्ने बताउनुभएको छ । संघलाई विश्वभरीका गैर आवासीय नेपालीको साझा संस्थाको रुपमा विकास गर्दै सबैले अपनत्व गर्ने गरि संस्था अगाडि बढ्ने बताउनुभयो ।

गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनबाट उपाध्यक्षमा निर्वाचीत हुनुभएको लामाले चुनावमा ब्यक्त प्रतिबद्धता पूरा गर्न लागिपर्ने बताउनुभयो । संस्थालाई कसरी गतिशिल बनाउन सकिन्छ भनेर विजयी भएलगत्तै कार्ययोजना बनाएर काम गर्न लागिपरिरहेको भन्दै चुनावमा ब्यक्त प्रतिबद्धता पूरा हुनेमा ढुक्क रहन आग्रह समेत गर्नुभयो ।

संस्थाको गरिमा, साखलाई जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको भन्दै लामाले संस्थालाई सही ढंगले अगाडि बढाउन अध्यक्ष कुमार पन्तको नेतृत्वले अग्रसरता लिइसकेको समेत स्पष्ट पार्नुभयो ।

नयाँ कार्यसमिति आएसँगै केहि महत्वपुर्ण निर्णयसँगै कार्यको थालनी भइसकेको भन्दै अब एनआरएनले बोलेर नभई ब्यवहारमै काम गरेर देखाउने लामाको भनाई छ ।


प्रकाशित | २२ कार्तिक २०७६, शुक्रबार २१:४७