चितवन टांडीमा खुल्यो यूएएन (University Admission Network ) को कार्यालय

रत्ननगर टांडी : University Admission Network को आठौं शाखा कार्यालय रत्ननगरमा विधिवत रुपमा संचालनमा आएको छ । युके ,क्यानडा,अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, तथा आयरल्याण्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका काम गरिरहेको यू. ए. एन. (University Admission Network )को कार्यालय आइतबार अन्तराष्ट्रिय गोर्खा समाजका अध्यक्ष तथा एन आर एनका उप-महासचिव विनय अधिकारीले उदघाटन गर्नु भएको थियो ।

टांडी चोक स्थित एभरेस्ट बैंकको आडमा कार्यालय रहेको स्थानबाट युके ,क्यानडा,अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, तथा आयरल्याण्डका विश्वविद्यालयहरुको शैक्षिक परामर्श सेवा दिइनुका साथै IELTS, PTE, लगायत अन्य अङ्रेजी भाषा तयारीका कक्षाहरु दक्ष र अनुभवी शिक्षकबाट पढाइनुका साथै छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी दिइने छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिनय अधिकारीले भुमण्डलीकृत विश्व परिवेशमा अन्तराष्ट्रिय डिग्री र अनुभवको लागि नेपाली विद्यार्थीको गन्तव्य विभिन्न मुकुकहरु भएको बताउनुभयो । युवा विद्यार्थीको यो चाहनालाई अन्यथा मान्न नहुने र शैक्षिक उदेश्य प्राप्तिमा ‘य़ुएन’(University Admission Network ) काम गरिरहेको पाउदा खुसी लागेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is pic1-1-1024x844.jpg

यू. ए. एन. (University Admission Network )ले आइतबार नै टांडीमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना सुरु गरेको थियो । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका ब्यबसाय बिकास अधिकृत रेशम गुरुङले जानकारी दिनु भयो ।

शैक्षिक मेलामा सहभागी बिद्यार्थी लाई क्यानडा,अमेरिका, न्युजिल्यान्ड, युके तथा आयरल्याण्डका १० विश्वविद्यालय प्रतिनिधिहरुले प्रत्यक्ष परामर्श दिएका थिए ।

यू. ए. एन. (University Admission Network) को कार्यालयहरु नेपालका बिर्तामोड, बिराटनगर,नारायणगढ,कावासोती,बुटवल,दमौली तथा पोखरा मा संचालन छन् भने देशका अन्य शहर हरुमा पनि शाखा बिस्तार हुने यस कम्पनिका मार्केटिंग मेनेजर बाल कृष्ण मरासिनीले जानकारी दिनु भएको थियो ।


प्रकाशित | ९ आश्विन २०७९, आईतवार १९:१३