मैत्रीपूर्ण खेलमा घानामाथि ब्राजिलको सहज जीत

एजेन्सी -ब्राजिलले मैत्रीपूर्ण खेलमा घानालाई ३–० गोल अन्तरले हराएको हो । शनिबार भएको मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको हो ।

ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल र मार्क्विन्होसले एक गोल थपे ।खेलको नवौं मिनेटमा मार्क्विन्होसको गोलबाट ब्राजिलले सुरुआती अग्रता बनाएको थियो । २८ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।त्यसपछि खेलको ३९ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए ।

दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा ब्राजिल सहज जित निकाल्न सफल भयो । यस नतिजासँगै ब्राजिल कोपा अमेरिका कपमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता १४ खेलसम्म अपराजित रहेको छ । जसमा ११ जित र ३ बराबरीको नतिजा छ ।

अब ब्राजिलले कतार विश्वकप २०२२ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग बुधबार प्रतिस्पर्धा गर्दैछ । त्यसपछि पाँच पटकको विश्व विजेता ब्राजिल कतार विश्वकपमा होमिनेछ ।


प्रकाशित | ८ आश्विन २०७९, शनिबार १४:१३