कृषि पेसालाई आयमूलक र ब्यवसायीक बनाउन आवश्यक : मेयर बासुदेव थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कृषि पेसालाई आयमूलक र ब्यवसायीक बनाउन आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

सूर्यविनायक नगरपालिकाको वडा नं. ८ ले बिहीबार आयोजना गरेको वित्तीय साक्षरता सहितको कृषि उद्यमशीलता विकास तालिमको समुद्घाटन गर्नु हुँदै नगर प्रमुख थापाले कृषि पेसालाई उद्यमशीलता, आयमूलक र ब्यवसायीक बनाउनुपर्नेमा जोड दिनु भएको हो ।

नगरका कुनै पनि ठाउँका कृषकहरुले समूहगत रुपमा खेती गर्न सके नगरपालिकाले ब्यवसायीक रुपमा खेती गर्नेलाई अनुदान दिन तयार रहेको पनि मेयर थापाले बताउनुभयो । ‘ब्यक्ती ब्यक्तीलाई नगरपालिकाले अनुदान दिन नसके पनि समूह बनाएर समूहगत रुपमा खेती गरे अनुदान दिन सकिन्छ’, मेयर थापाले भन्नु भयो ।

No description available.
आफूले विगतमा कृषी पेसाबाटै ब्यवसायी बनेको र चीन भ्रमणको क्रममा पाएको अनुभव प्रस्तुत गर्नुहुँदै मेयर थापाले गर्न सके र विचौलीयालाई नदिई सिधै बजारमा कृषि उत्पादन पुर्याउन सके राम्रो आम्दानी गर्न सकिने स्पष्ट पार्नुभयो ।

त्यस्तै, मेयर थापाले आफ्नो दोस्रो कार्यकालमा नगरभित्रका अधुरा योजना पूरा गर्नमा केन्द्रित भइरहेको पनि जानकारी गराउनु भयो । पहिलो कार्यकालमा उदाहरणीय र नमूना कार्य गर्न सफल हुनु भएको मेयर थापा दोस्रो कार्यकालमा अधुरा योजना पूरा गर्दै नगरलाई स्वच्छ, सफा, हराबरा र बस्नलायक नगर बनाउन लागिरहनु भएको छ ।

वडाध्यक्ष पुष्पराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषिसँग सम्बन्धी विभिन्न विज्ञहरुले तालिम प्रदान गर्नु भएको थियो ।


प्रकाशित | ६ आश्विन २०७९, बिहीबार १९:४६