‘मानव तस्करी’ आरोपमा ‘हिम्मतवाली’ चलचित्र बनाएका सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’

काठमाडौं : नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोप लागेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् । साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो ।

प्रहरीका अनुसार गौतम समेत संलग्न रहेको एक समूहले केही समय अगाडि ३ जना नेपाली युवतीलाई अमेरिका पुर्‍याइदिनेभन्दै अफ्रिकी देश हाइटी पुर्‍याएको थियो । दुवै हात नभएका गौतमले केही समय अगाडि सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गरेका थिए ।

सगरमाथाको आरोहण र नायिक रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘हिम्मतवाली’मा रेखासँगै फिल्म खेलेपछि चर्चामा आएका गौतम चलचित्रकर्मीको रुपमा विदेश भ्रमणमा समेत जाने गरेका थिए । चलचित्रकर्मीकै रुपमा केही वर्ष अगाडि अमेरिका गएका उनी त्यहिँबाट क्यानडा पुगेका हुन्


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १३:५३