आइसीसी भोकेशनल एजुकेशन कमिटीको एसिया को–चिअरमा भिम बहादुर गुरुङ मनोनित

काठमाडौं: गैर आवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदको ‘आइसीसी भोकेशनल एजुकेशन कमिटी’ को एसिया प्याशिफिकको को–चिअरमा भिम बहादुर गुरुङ मनोनित हुनु भएको छ ।

सिंगापुरमा लामो समयदेखि रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गर्दै आउनु भएको गुरुङ एनआरएनए एसिया प्याशिफिक क्षेत्रको को–चिअरमा मनोनीत हुनु भएको हो ।

एनआरएनए उपमहासचिव गणेश केसीको संयोजकत्वमा गठित कमिटी सदस्यमा मकाउबाट युवराज न्यौपाने, चीनबाट अृमत थापा (कञ्चन) र कोरियाबाट रञ्जन कुँवर मनोनीत हुनु भएको छ ।


प्रकाशित | ३ आश्विन २०७९, सोमबार १६:३८