सुनको भाउ बढ्यो

काठमाडौं: आज छापावाल सुनको भाउ बढेको छ । आइतबार तोलाको ५९ हजार १०० मा कारोबार भएको छ । शुक्रबार तोलामा ५९ हजारमा कारोबार भएको थियो । आज १०० ले कारोबार बढेको हो । यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भएको छ भने चाँदी आइतबार तोलामा ७२० मा कारोबार भएको छ । शुक्रबार चाँदीको भाउ ७१० मा कारोबार भएको थियो ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १९:२९