उपाधि होडमा नेपाल र बंगलादेश

काठमाडौं -छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज सोमबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । यी दुई देशका महिला टोलीले फाइनलमा पहिलो पटक एक अर्काको सामना गर्दैछन् । तर, समग्रतामा हेर्ने हो भने दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच तेस्रो पटक फाइनल हुँदैछ।
पाँचौ संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो भने यसपटक महिला साफले नयाँ च्याम्पियन टोली समेत पाउनेछ । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । तर, यस पटक भारत सेमिफाइनलबाटै घर फर्किएको छ।

फाइनल पुग्दासम्म नेपाल र बंगलादेशले गोल बेहोरेका छैनन् । दशरथ रंगशालामा हजारौं दर्शक र घरेलु मैदानको साथ पनि नेपाली टिमलाई हुनेछ ।आफ्नो कमजोरी सच्याएर चकमालाई पन्छाउँदै गोल गरेर पहिलो उपाधि जित्न महिला टिम आतुर छ । त्यसका लागि नेपालले बंगलादेशविरुद्धको अपराजित भेटलाई कायम राख्नुपर्छ ।

यी दुईको आठ भेटमा नेपालले ६ जित निकाल्दै २ बराबरी खेलेको छ । उपाधिको अनुभवसहित नेपालका तीन खेलाडी अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिन चाहन्छन् ।


प्रकाशित | ३ आश्विन २०७९, सोमबार १२:३१