एनआरएनए बेल्जियमले भन्यो-आफूहरुको नाम र लोगो प्रयोग गरी कुनै संस्था खुलेको छैन (विज्ञप्तिसहित

काठमाडौं :  गैर आवासीय नेपाली संघ बेल्जियमले आफूहरुको नाम र लोगो प्रयोग गरी हालसम्म कुनै पनि संस्था नखुलेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बेल्जियममा एनआरएनएको नाममा कुनै संस्था नखुलेको जनाएको हो ।

अध्यक्ष खड्क बहादुर केसी र महासचिव रमेश कँडेलद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा संघसंस्था स्थापना र संचालन गर्न पाउने सबैको अधिकार भएको तर नाम, लोगो र लेटरप्याडसँग मिल्दोजुल्दो समानान्तर संस्था नखुलेको जनाइएको छ ।

केहि दिन अघि विनोद कुँवर नेतृत्वमा रहेको एनआरएनएले एक विज्ञिप्त जारी गर्दै बेल्जियममा पदम गुरुङको संयोजकत्वमा गैर आवासीय नेपाली संघ तदर्थ समिति गठन गरेको जनाएको थियो ।

 विज्ञप्ति जस्ताको तस्तै


प्रकाशित | २५ भाद्र २०७९, शनिबार २१:३६