१ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार महाविर पुनलाई, मंगलबार हस्तान्तरण गरिने

काठमाडौं: गैर आवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नु भएको थियो ।

‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई/दुई वर्षमा प्रदान गरिनेछ। पुरस्कार आगामी मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रदान गरिने जनाइएको छ ।


प्रकाशित | २४ भाद्र २०७९, शुक्रबार १५:१४