एनआरएनए पदाधिकारी र श्रीलंकाली राजदूत बीच भेटवार्ता

काठमाडौं: नेपालका लागी श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैर आवासीय नेपाली संघको कार्यालयममा भ्रमण गर्नु भयो ।

सो अवसरमा उहाँलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा लगायत संघका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गर्नु भएको थियो ।

राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

सायद ५ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

श्रीलंकामा पनि यस्तै छाता संगठन मार्फत गैर आवासीयहरुलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उहाँको भ्रमण केन्द्रित थियो ।

यस अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा, उपाध्यक्ष डि।बि क्षेत्री लगायतका पदाधिकारीहरुले संघले आजको अवस्था सम्म आउन गरेको प्रयास, चुनौती र आयामहरुको विषयमा प्रकाश पार्नु भएको थियो ।

यसरी नै महामहिम राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो संजाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै संजाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताउनु भयो ।

अध्यक्षद्वयले यस भ्रमणले गैर आवासीय नेपालीहरुले गरेको अभियानमा छिमेकी मुलुकले समेत चासो दिएकोमा अभार प्रकट गर्नु भयो । यस्तै उहांहरुले आगामी दिनमा सहयोग तथा सिकाई आदान प्रदान गर्ने कुरामा जोड दिई यो भ्रमण एक कोशेढुंगो सावित भएको बताउनु भयो ।


प्रकाशित | २२ भाद्र २०७९, बुधबार २०:१४