आज ६९ औँ मदन भण्डारी जयन्ती : विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ : तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आइतबार ६९ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा नेकपाले औपचारिक कुनै कार्यक्रम नराखेपनि जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरेर मदनलाई स्मरण गर्ने बताइएको छ ।

वि।सं। २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियोे ।

वि।संं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । भण्डारी त्यसबेला ४१ बर्ष उमेरका मात्रै थिए । उनी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए ।


प्रकाशित | १४ असार २०७७, आईतवार १०:३४