भक्तपुर: नेशनल प्यावेसन भक्तपुरको आयोजनामा परिवर्तीत नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा पाठ्यक्रम विकास केन्द्र कै सम्बन्धित विषयविज्ञद्वारा १९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमको बारे प्रशिक्षण गरिएको नेशनल प्याव्सन भक्तपुरका सचिव जय प्रकाश राईले बताउनु भयो ।
होटल भ्यू भक्तपुरमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षण चरण पछिको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याव्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले स्थानीय तहले नै आयोजना गरी पाठ्यक्रम मार्फत सम्पूर्ण शिक्षकहरु माझ पुराउनु पर्नेमा नेशनल प्याव्सन भक्तपुरले सो पाठ्यक्रम लागु हुदै गर्दा आयोजना गरेको यो कार्यक्रमको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा नेशनल प्याव्सन केन्द्रीय महासचिव पारसमणि दाहाल लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागी शिक्षकहरुको तर्फबाट पनि पाठ्यक्रम सम्बन्धि प्रशिक्षण अन्य तालिम भन्दा पनि ज्यादै महत्वपूर्ण भएको भन्दै सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका थिए ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा १(३ को एकिकृत पाठ्यक्रम ल्याइ सकेको र कक्षा ४, ६, ७ र ९ को नयाँ पाठ्यक्रममा आधारित रहेर लागु भैसकेको साथै आगामी शैक्षीक वर्ष २०८० देखि कक्षा ५, ८ र १० को पनि नयाँ पाठ्यक्रम लागू हुने उल्लेख गर्दै नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाठ्यक्रम सम्बन्धि ज्ञान शिक्षकहरुले जान्नु र बुझ्नु पर्ने सबैभन्दा पहिलो ज्ञान भएकोले यो अभिमुखीकरण आयोजना गरेको बताउनु भयो ।
परिवर्तीत पाठ्यक्रमको बारेमा विषय शिक्षकहरु पर्याप्त ज्ञान हुनुका साथै वार्षिक कार्यघण्टा, आन्तरिक एवं बाह्य मूल्याकंन, अन्तिम मूल्याकंन र विशिष्टिकरण तालिका सम्बन्धि बुझ्न पनि आजको प्रशिक्षणले टेवा पुग्ने अध्यक्ष खड्काले बताउनु भयो ।
प्रकाशित | १९ भाद्र २०७९, आईतवार ०८:५५