कक्षा १२ को परीक्षाफल प्रकाशित

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । गत बर्ष जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

परीक्षामा कुल ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी भएकोमा यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार ४८ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन् ।

नन ग्रेडिङ उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।


प्रकाशित | १७ भाद्र २०७९, शुक्रबार १७:५४