शिक्षक सेवा आयोगले खुलायो २५ सय भन्दा बढी शिक्षकको विज्ञापन (विज्ञापनसहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि करिव २६ सय शिक्षक माग गरेको छ । आयोगले वेबसाइटमा सूचना प्रकाशित गर्दै विभिन्न विषयका लागि शिक्षक माग गरेको हो । आयोगले निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकको विज्ञापन खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरेर स्थायी पदपूर्तिका लागि आवेदन दिन आयोगले आग्रह गरेको छ । सबैभन्दा धेरै नेपाली र अंग्रेजी विषयका शिक्षक माग गरिएको छ । नेपाली विषयमा ४३७ जना र अंग्रेजी विषयका लागि ६२४ जनाको माग भएको छ ।

गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको हो ।

आउँदो चैत १७ गते लिखित परीक्षा हुने शिक्षक सेवा आयोगले निकालेको सूचनामा उलेख छ ।


प्रकाशित | ७ पुष २०७८, बुधबार ०९:३०