कस्तो छ एनआरएनएको आर्थिक अवस्था ? कुन खातामा कति छ रकम ?

काठमाडौं : गैर आवासीय नेपाली संघमा नगद तथा बैकमा गरि ६ करोड २४ लाख २१ हजार ९५६ रुपैयाँ २३ पैसा मौज्दात रहेको पाइएको छ । विभिन्न बैंकमा खोलीएका २२ खाता र नगदमा गरि सो रकम मौज्दात रहेको पाइएको हो ।

नयाँ कार्यसमितिले ‘पारदर्शिता, सहभागिता, जवाफदेहिता र विश्वास’ भन्ने नारा सहित मासिक, त्रैमासिक तथा वार्षिक प्रतिवेदन प्रकाशन गरि आर्थिक अवस्थाको बारेमा जानकारी गराएको हो ।

कोषाध्यक्षहरु लोक प्रसाद दाहाल, सुनील साह र फणिन्द्र पन्तले अबका दिनमा मासिक प्रतिवेदनका साथै त्रैमासिक रुपमा विस्तृत आर्थिक प्रतिवेदन सदस्यहरु माझ पुर्याउने कायलाई निरन्तरता दिने, संघको प्राथमिकता निर्धारण गर्दै वार्षिक बजेट सहितको कार्यक्रम तथा परियोजना निर्धारण गर्ने तथा वार्षिक प्रतिबेदन समयमै तयार गरि संघका विभिन्न निकायलाई चुस्त रुपमा कार्यसम्पादन गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

कुन खातामा कति छ रकम ?

This image has an empty alt attribute; its file name is 1-1.png

‘हामीले कोषको जिम्मा लिए पश्चात अर्थात यो कार्यसमिति निर्माण भएको अवस्थाको संघको आर्थिक अवस्थालाई तपाईहरु माझ सार्वजनिक गरेका छौं । यसलाई हामीले हाम्रो कर्तव्यको रुपमा लिएका छौं । यसले संघ भित्र आर्थिक पारदर्शितालाई बलियो बनाउने विश्वास हाम्रो रहेको छ’, जारी प्रतिबद्धतापत्रमा भनीएको छ ।

त्यस्तैगरि, योजना निर्माण देखि त्यसको कार्यान्वयन सम्मको लागि आर्थिक लेखाजोखा गर्नका लागि सघाउ पुग्ने विश्वास पनि गरिएको छ ।

विश्वभरीबाट संस्थाको ट्रेजरी टिमलाई प्राप्त हुने सुझाव, प्रश्न तथा जिज्ञासाको समुचित सम्बोदन गर्दै आइसीसीका १४ जना (कोषाध्यक्षहरु तथा सह–कोषाध्यक्षहरु) सहित सबै एनसीसीहरुका कोष संचालक पदाधिकारीहरु सबैको सामूहिक नेतृत्व, समन्वय र सहकार्य यस कार्यकालको विशेषता रहने पनि प्रतिबद्धतामा उल्लेख छ । 

हेर्नुहोस आर्थिक अवस्था समेटिएको प्रतिवेदनको पूर्णपाठ


प्रकाशित | ११ बैशाख २०७९, आईतवार १३:५०