हालाण्डको ह्याट्रिकमा सिटिको पूनरागमन जित

एजेन्सी –  नर्वेली युवा फरवार्ड एर्लिङ  हालान्डको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार पूनरागमन जित दर्ता गरेको छ ।

शनिबार राति भएको खेलमा पछि परेको स्थिति उल्ट्याएर क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकालेको हो ।खेलको चौंथो मिनेटमा स्टोन्सले आत्मघाती गोल गरेपछि क्रिस्टलले सुरुआती अग्रता बनाएको थियो ।खेलको २१ औं मिनेटमा एण्डरसनले गोल गर्दै किस्टललाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा खेलको ५३ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याए ।खेलको ६२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई २-२ को बराबरीमा ल्याए ।७० औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-२ को बनाए ।त्यसपछि खेलको ८१ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दा सिटी ४-२ ले विजयी भयो ।

यस जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।सिटीले ४ खेलमा १० अंक जोडेको छ ।क्रिस्टल प्यालेस ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।


प्रकाशित | ११ भाद्र २०७९, शनिबार २२:११