चीनबाट सेनाले खरिद गरेका १० कन्टेनर स्वास्थ्य सामग्री खासा आइपुग्यो

सिन्धुपाल्चोक : कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज खासा आइपुगेको छ । सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार सामान आज  तातोपानी नाका हुँदै नेपाल भित्रिनेछ । शनिबारसम्म काठमाडौँ पठाउने तयारी छ । केही सामान भने विमानमार्फत ल्याइने बताइएको छ ।


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार १३:४३